दल

सुदन किराती भन्छन् : म कुनै दाग नलागी निस्किन पाएँ

इकागज |
फागुन २४, २०८० बिहीबार १८:५४ बजे

काठमाडौँ- पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू बेदाग भएर मन्त्रालयबाट निस्किएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री किरातीले आफू मन्त्रालयबाट बेदाग भएर खुसीसाथ निस्किएको बताए ।


उनले एक वर्षमा धेरै काम गरेको र त्यसको परिणाम निस्किने बेला भइनसकेको बताए ।

पूर्वमन्त्री किरातीले मन्त्रीको रूपमा रहँदा आफू कुनै पनि विवादमा नआए पनि विवादित बनाइएको बताए ।


Author

थप समाचार
x