दल

नेविसंघ असन्तुष्ट पक्षको माग पूरा नगरेको भन्दै आत्मदाहको प्रयास

इकागज |
चैत १, २०८० बिहीबार २०:४३ बजे

काठमाडौँ- नेपाल विद्यार्थी संघ असन्तुष्ट पक्षको माग पूरा नगरेको भन्दै नेता रामजी बस्नेतले नेपाली कांग्रेस केन्द्रीय कार्यालय अगाडि आत्मदाहको प्रयास गरेका छन् ।

संघका केन्द्रीय अध्यक्ष दुजाङ्ग शेर्पा, नेपाली कांग्रेस केन्द्रीय सदस्य राजिव ढुङ्गाना र नेपाली कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा २०८० भदौ ३ गते भएको सहमति कार्यान्वयन गर्न हिचकिचाएकोमा असन्तुष्ट पक्षका नेता बस्नेतले आत्मदाहको प्रयास गरेका हुन् । आज १२:३० मा मुख्य सचिवलाई जानकारी गराउँदै बाहिर आएर बस्नेत​ले आत्मदाहको प्रयास गरेका थिए । 


भदौ ३ मा उल्लेख भएको सहमतिअनुसार ७ दिनभित्र छुटेका साथीहरूलाई समेटेर मात्र गतिविधि सञ्चालन गर्ने भनिएता पनि आज १:०० केन्द्रीय समितिको बैठक बोलाइएको थियो ।  उक्त आन्दोलनको गतिविधि निरन्तर रूपमा अगाडि बढाइने कुरा नेता प्रवेश ढुङ्गानाले जानकारी दिएका छन् । करिब १५ जनाको समूह सहभागी भएका मध्ये एकले मात्र आत्मदाहको प्रयास गरेका थिए र अघिल्लो चरणमा अन्य साथीहरू पनि आत्मदाह गर्ने जानकारी दिएका छन् ।

आत्मदाह प्रयास गर्ने बस्नेतको उपचार वयोधा अस्पतालमा भएको छ ।


Author

थप समाचार
x