दल

बयान दिए लगत्तै विनोद चौधरी श्रीलंका यात्रामा

इकागज |
चैत ८, २०८० बिहीबार १७:५७ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरी श्रीलंका प्रस्थान गरेका छन् । बाँसबारी जग्गा प्रकरणमा बिहीबार बिहान सरकारी वकील कार्यालयमा बयान दिएपछि चौधरी श्रीलंका प्रस्थान गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार चौधरी बिहीबार दिउँसो १:५७ को श्रीलंकन एयरलाइन्सको विमानमार्फत श्रीलंका गएका हुन् । उनी नियमित कामको सिलसिलामा विदेश गएको बताइएको छ ।



Author

थप समाचार
x