दल

सामाजिक मित्रतामाथि ध्यान दिएर होली पर्व मनाउन अध्यक्ष ओलीको आग्रह

इकागज |
चैत १०, २०८० शनिबार १६:४३ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक मित्रतामाथि ध्यान दिएर होली पर्व मनाउन आग्रह गरेका छन् ।

एमाले मधेश प्रदेश सम्पर्क कमिटीले शनिबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको होली मिलन कार्यक्रममा ओलीले अरुमाथि आघात नपुर्याइ सामाजिक मित्रतामाथि ध्यान दिएर होली पर्व मनाउन आग्रह गरेका हुन् ।


अध्यक्ष ओलीले पछिल्लो समय होली पर्वका नाममा विकृति देखिएकाले सभ्य र मर्यादित भएर होली पर्व मनाउनुपर्ने धारणा राखे । अरूको स्वतन्त्रतामाथि खलल नपर्ने गरी आफ्नो स्वतन्त्रता प्रयोग गर्नुपर्ने उनले बताए ।

ओलीले नेपालका चाडपर्वहरू समाजको विकाससँग जोडिएकाले यसमा देखिएको विकृतिलाई हटाउनुपर्ने जिकिर गरे । 


Author

थप समाचार
x