दल

राजनीतिमा इमान र योग्यता भएका मान्छेको अभाव भयो : गगन थापा

इकागज |
चैत १३, २०८० मंगलबार १७:१७ बजे

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिमा इमान र योग्यता भएका मान्छेको अभाव भएको बताएका छन् ।

कांग्रेस नेता नवीन्द्रराज जोशीको तेस्रो स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा थापाले राजनीतिमा छट्टुहरू हाबी हुन थालेको भन्दै इमान्दारसँगै योग्यताका निम्ति प्रयास गर्ने मानिस चाहिएको बताए । उनले छट्टुहरू केही समयका लागि आउने झुक्याउने र रंगरोगन गरेर जाने भएकाले गति र मति भएकाहरूको राजनीतिमा आवश्यकता देखिएको धारणा राखे ।


अहिले घरभित्रको फोहोरहरूलाई सफा बनाएर ठीक ढंगले लय पक्रनुपर्ने उनले बताए । महामन्त्री थापाले नयाँ पुस्ताले चाँडोभन्दा चाँडो परिवर्तन होस् भन्ने चाहनालाई उत्तेजनाको राजनीति गर्नेहरूले दुरुपयोग गरेको धारणा राखे । उनले नेपाली राजनीति र समाज रूपान्तरणमा स्वर्गीय नेता जोशीले खेलेको भूमिकाको चर्चा गरे ।

त्यस्तै कांग्रेसका नेता प्रदीप पौडेलले अहिलेको गठबन्धन चिरस्थायी नहुने भन्दै आफूभित्रको झगडाले समाप्त हुने दाबी गरे । अहिले जसरी सत्ता चाहिने प्रवृत्तिलाई अन्त्य गर्नका लागि फरक ढंगले संगठित हुन जरुरी रहेको उनले बताए । उनले सत्तामा जान कांग्रेसले हतार गर्न नहुने भन्दै देशले आफैँ सत्तामा पुर्याउने जिकिर गरे ।

पौडेलले जोशीको निधनले निष्ठावान राजनीतिज्ञ गुमाएको बताए । 


Author

थप समाचार
x