दल

लक्ष्मणकिशोरले पेस गरे सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी

इकागज |
बैशाख २, २०८१ आइतबार १७:७ बजे

धनगढी- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरेका छन् ।

चौधरीले नेपाली कांग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थनमा प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका हुन् ।


चौधरीलाई मुख्यमन्त्री बनाउने पत्रमा नाउपाका ७ जना, कांग्रेसका १८ जना, एकीकृत समाजवादीका ४ जना सांसदको समर्थन रहेको पत्र पेस गरिएको छ ।

सुदूरपश्चिममा बहुमतको लागि २७ सांसदको समर्थन आवश्यक रहेको छ ।    


Author

थप समाचार
x