दल

सहकारी ठगी प्रकरणमा छानबिन समिति गठनको माग गर्दै नेविसंघको प्रदर्शन

इकागज |
जेठ २, २०८१ बुधबार १५:२६ बजे

काठमाडौं - सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै नेविसंघले काठमाडौंमा प्रदर्शन गरेको छ ।

सहकारी ठगि प्रकरणमा गृहमन्त्रीको पनि संलग्नता रहको प्रमाण रहेकाले संसदीय समिति बनाएर नै छानबिन गर्नुपर्ने भन्दै उनीहरुले बुधबार काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् ।


उनीहरुले राज्यको मिलोमतोमा गृहमन्त्रीलाई जोगाउन खोजेको आरोप समेत लगाएका छन् । प्रदर्शनमा सहभागीहरूले रवि दाई खै जिवि राई, सहकारी ठगि को प्रमाण यहाँ छ, सहकारी पीडितलाई न्याय दे लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।​

नेविसंघ केन्द्रीय सदस्य धर्मराज खनालले सहकारी प्रकरणमा अर्वौ रकम हिनामिना भएको र त्यसमा गृहमन्त्रीको संलग्नता देखिएकाले छानबिनका लागि दवाव दिन प्रदर्शन गरिएको बताए । 

त्यस्तै नेविसंघले गिरीबन्धु चिया बगानको जग्गाको पनि छानबिन गर्न माग गरेको छ । 


Author

थप समाचार
x