दल

कांग्रेस अहिले सरकारमा जाँदैन : नेता निधि

इकागज |
जेठ १७, २०८१ बिहीबार १४:५५ बजे

फाइल तस्बिर

चितवन- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले अहिले सरकारमा जाने कांग्रेसको कुनै योजना नभएको बताएका छन् । यहाँ आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कांग्रेसले प्रतिपक्षको भूमिका सशक्त रूपमा निर्वाह गर्ने बताए । 

'कांग्रेस प्रतिपक्षको भूमिकामा रहन्छ । हामी पार्टीलाई सङ्गठन शुद्धीकरण अभियानमा लैजाने तयारीमा छौँ,' नेता निधिले भने । संसदीय प्रणालीमा लोकतान्त्रिक शक्ति सत्तापक्षमा वा प्रतिपक्षमा बस्ने उनको भनाइ छ ।


फरक प्रसङ्गमा नेता निधिले संविधानमा मध्यावधि निर्वाचन तथा संसद् विघटन गर्ने व्यवस्था नभएको उल्लेख गरे । 'मुलुक मध्यावधि निर्वाचनमा जाने स्थिति देखिएको छैन,' उनले भने । 

मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) सहितका दलको सरकार बन्ने सम्भावना बढेर गएको नेता निधिको भनाइ थियो । यसबारे विषयमा छलफल सकारात्मक रूपमा भइरहेको उनले जानकारी दिए । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बन्नु कांग्रेसका लागि ठूलो सफलता भएको उनले बताए ।


Author

थप समाचार
x