दल

महन्थ ठाकुरका पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

इकागज |
साउन ३२, २०७८ सोमबार १७:४९ बजे

काठमाडौं - सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादवलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । जसपाको अध्यक्ष महन्थ ठाकुर समूहले आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश माग्दै सर्वोच्चमा रिट दायर गरेको थियो । 

सोमबार न्यायाधीश दिपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले ठाकुरको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । आयोगको निर्णयले तत्काल ठाकुर पक्षलाई अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएको इजलासको तर्क छ । 


यस्तो छ पूर्णपाठ


Author

थप समाचार
x