दल

एमालेबाहेकको सरकार बन्‍ने

सुदूरपश्चिममा सरकार परिवर्तनबारे छलफल सुरु, दशैअघि नै नेतृत्व फेरबदलको तयारी

दीपक उपाध्याय |
भदौ ३, २०७८ बिहीबार ९:८ बजे

कैलाली - नेकपा एमाले विभाजनसँगै सुदूरपश्चिम प्रदेशमा गठबन्धन सरकार बनाउने विषयमा छलफल सुरु भएको छ। माओवादी केन्द्र र नेपाली काँग्रेसबीच दुई/दुई प्रदेशमा सत्ताको नेतृत्व गर्ने यसअघि नै सहमति भइसकेको अवस्थामा सुदूरपश्चिममा काँग्रेसको नेतृत्वमा सरकार बन्ने निश्चित भइसकेको थियो ।

अब बन्ने सरकारमा काँग्रेस, माओवादी केन्द्र, नेकपा एमाले समाजवादी र जसपा सहभागी हुनेछ । अर्थात अब बन्ने सरकारमा नेकपा एमाले बाहेक सबै दलहरू सहभागी हुने छन् । जसमा दुई जना सांसदले समेत आफूहरू आधिकारिक जसपामा रहेको स्पष्ट पारिसकेपछि उनीहरू पनि सत्ता साभेदार हुने छन् ।


सुदूरपश्चिम प्रदेश सभा नेपाली काँग्रेस संसदीय दलका नेता रणबहादुर रावलले सरकार गठनका लागि छलफल भइरहेको बताए । 'हामी केन्द्रको निर्णयको पर्खाईमा छौ',रावलले भने, 'संभवत दशैअघि नै प्रदेश सरकारमा नेतृत्व फेरबदल हुनेछ ।'

हाल माओवादी केन्द्रका सांसद त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । केन्द्रको सहमतिअनुसार उनले मुख्यमन्त्री पद छोडेनेछन् ।  सुदूरपश्चिममा नेकपा एमाले विभाजन नभएको अवस्थामा पनि माओवादीका १३, काँग्रेसका १२ र जसपाका २ सांसद समेत गरेर २७ जना सरकार गठनका लागि पर्याप्त थिए । हाल प्रदेश सभामा ५३ जना सांसद छन् । माधव नेतृत्वको नेकपा एमाले समाजवादी समेत यसमा सहभागी भएपछि सरकार गठनका लागि स्पष्ट बहुमत पुग्नेछ ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x