दल

एमालेद्वारा नेपाल पक्षका १४ जना सांसदलाई कारबाही गर्न सभामुखको ध्यानाकर्षण

इकागज |
भदौ ३, २०७८ बिहीबार १४:११ बजे

काठमाडौँ - नेकपा एमालेले माधव नेपाल पक्षका १४ जना सांसदलाई कारबाही गर्न सभामुख अग्निप्रसाद सापकोटाको गम्भीर ध्यानाकर्षण गराएको छ । बिहीबार सिंहदरवारमा सभामुख सापकोटालाई भेटेर नेकपा एमालेका सांसदहरूले नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको माधवकुमार नेपाल पक्षका १४ जना सांसदलाई तत्काल कारबाही गर्न माग गरेको हो । 

एमालेका नेता विशाल भट्टराईले सभामुख सापकोटाले तत्काल कारबाही गर्छु भन्ने आश्वासन दिएको बताए । नेता भट्टराईले अरु दलका नेतालाई तत्काल कारबाही गरे पनि ७२ घण्टा बित्न लाग्दासमेत नेकपा एमालेले कारबाही गर्न पठाएका १४ जना नेताहरूलाई कारबाही गर्न विलम्ब गरिरहेको बताए। उनले विलम्ब गरेर निर्वाचन आयोगमा दल दर्ता सकेपछि सूचना दिए त्यो गैरकानुनी, गैर संवैधानिक, बदनियत् र नेकपा एमालेलाई जसरी पनि टुक्राउँछु भन्ने नियत रहेको बताए । नेपाल पक्षको दल दर्तापछि मात्रै सभामुखले कारबाही गर्छु भन्ने सोचेको भए नेकपा एमाले चुप लागेर नबस्ने उनले चेतावनी दिए । 



Author

थप समाचार
x