दल

माओवादी केन्‍द्रको स्‍थायी समिति बैठक बस्‍दै

इकागज |
भदौ ६, २०७८ आइतबार ९:२७ बजे

फाइल तस्‍बिर

काठमाडौँ - नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । हिजोदेखि सुरु भएको बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

उनकाअनुसार बैठकमा नेताहरूको कार्य विभाजन, आसन्न राष्ट्रिय सम्मेलनको तयारीलगायत सांगठनिक विषयमा छलफल हुनेछ । शनिबारको बैठकमा नेताहरूको कार्य विभाजनसम्बन्धी छलफल सुरु भएको हो ।



Author

थप समाचार
x