दल

सत्‍ता गठबन्‍धनका शीर्ष नेताको बैठक बस्‍दै

इकागज |
भदौ २५, २०७८ शुक्रबार ७:४७ बजे

फाइल तस्‍बिर

काठमाडौँ - सत्ता गठबन्‍धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्‍दैछ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र  राष्का‍ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठक बिहान ९ बजे प्रधानमन्‍त्रीको सरकारी निवास बालुवाटारमा बस्‍दैछ ।

बैठकमा सरकारलाई पूर्णता दिनेबारे छलफल हुने बताइएको छ । गठबन्धनको शीर्ष नेताको बैठक बिहीबार पनि बसेको थियो । तर, कुनै सहमति भने हुन सकेन । बिहीबारको बैठकले मन्त्रिपरिषद् विस्तार चाँडोभन्दा चाँडो गर्ने निष्कर्ष निकालेको थियो। आजको बैठकमा एमसीसीबारेमा साझा धारणा बनाउने बारेमा समेत छलफल गर्ने बताइएको छ।



Author

थप समाचार
x