दल

एमाले स्थायी कमिटी बैठक बस्दै

इकागज |
भदौ २६, २०७८ शनिबार ७:४६ बजे

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्‍दै छ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा बिहान ९ जब बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेबरहादुर तामाङले जानकारी दिए ।

उनकाअनुसार  बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन) र चालू संसद् अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने छ । यसअघि शुक्रबार अपराह्न ४ बजे बस्ने भनिएको बैठक संसद् बैठक लम्बिएपछि आज बस्‍न लागेको हो । 



Author

थप समाचार
x