दल

कांग्रेस महाधिवेशन: जो चुनावी मैदानमा उत्रिए, सभापति बन्‍न सकेनन्

इकागज |
भदौ ३१, २०७८ बिहीबार १२:२० बजे

काठमाडौँ - भनिन्छ, इतिहास सधैँ जित्नेको हुन्छ । तर हरेक परिवर्तनमा  पराजितहरूको भूमिका नै छैन भन्ने चाहिँ होइन । नेपाली काँग्रेसमा २०१२ को वीरगञ्ज महाधिवेशन र सभापतिमा पराजित उम्मेद्वारको सधैँ चर्चा हुने गरेको छ । स्थापना कालदेखि चौथो महाधिवेशनसम्म निर्विरोध रूपमा नेतृत्व चयन गर्दै आएको नेपाली काँग्रेसभित्र पाचौं अधिवेशनमा आएर पहिलोपटक सभापतिका लागि चुनाव भयो । अधिवेशनले विपीलाई सभापतिमा निर्वाचित गर्‍यो भने मातृकाप्रसाद कोइराला, गणेशमान सिंह, गोपालप्रसाद भट्टराई र केदारमान व्यथित प्रतिस्‍पर्धामा थिए । 

काँग्रेस नेता .होमनाथ दाहाल सम्‍झिन्‍छन्, 'त्यसको तीन वर्षपछि सम्पन्न छैठौँ महाधिवेशनमा सुवर्णशमशेर राणा र गणेशमान सिंहबीच प्रतिष्पर्धा भयो । उनले जीवनमा एकपटक मात्रै पदको आकंक्षा देखाए, त्यो हासिकेपछि कहिल्यै पनि सभापतिको आकंक्षा देखाएनन्, त्याग र संघर्ष मात्रै गरे।’


गणेशमानजीले जीवनमा एकपटक त्यही बेला पदको आकांक्षा देखाए । यसपछि कहिल्यै सभापतिको आकांक्षा देखाएनन्। काँग्रेसले समाजवादको नीति पारित गरेको त्यो ऐतिहासिक महाधिवेशनमा सभापतिका लागि जिल्ला जिल्लाबाट मतदान भएको थियो ।

२०१२ सालमा गणेशमान र सुवर्णजीबीच प्रतिष्पर्धा थियो । म त दुई वर्षको मात्र थिएँ होला,' राजनीतिक विश्लेषक विनोद कुमार भट्टराई भन्‍छन्, 'जिल्ला जिल्लामा ढ्वाङ राखेर त्यहीँ काउन्ट (गणना) गरेर निष्पक्ष तरिकारले मतदान गराइयो । आवाबाट (आकाशवाणी) रिर्पोट आउँथ्यो । सुवर्णजीले जित्नुभयो । गणेशमानजी हार्नुभयो ।’

काँग्रेसले समाजवादी नीति लिएको पनि वीरगञ्ज अधिवेशन बाट नै हो । त्यति मात्र होइन, सभापतिमा निर्वाचित भए लगत्तै सुवर्णशमशेर राणाले आफ्नो १२ हजार विगाह जग्गा गरिबलाई वितरण गरी बिर्ता उन्मुलनको घोषणा त्यहीँबाट गरे । ‘सुवर्णजीले आफ्नो १२ हजार विगाह जग्गा किसानलाई दिनुभयो र बिर्ता उन्मुलन कार्यक्रम सुरु गर्नुभयो, नेता दाहाल भन्टन्, 'त्यसपछि देशभर बिर्ता उन्मुलनको आन्दोलन सुरु भयो ।’

अर्कोतिर सभापतिका उम्मेद्वार सिंहले त्यसपछि कहिल्यै सभापतिमा उम्मेद्वारी नै दिएनन् । सातौं महाधिवेशन हुँदा आफ्नै नेतृत्वको क्रान्तिबाट राणा शासन फालेर काँग्रेस दुई तिहाई बहुमतका साथ सत्तामा थियो । विपीबिरुद्ध भूदेव राई चुनावी मैदानमा उत्रिए। त्यसको केही समयपछि राजाले प्रजातन्त्रमाथि कू गरी ३० वर्षसम्म पञ्चायती शासन चलाए । दलहरूमाथि प्रतिवन्ध लगाइयो ।

'एउटा पार्टी संरचना निर्माणका लागि सबै वर्ग, समुदाय र विचारको समष्टिगत प्रतिनिधित्व हुनुपर्छ,' राजनीतिक विश्लेषक प्रा. डा. राम थपलिया भन्‍छन्, 'त्यसभित्र जसलाई कार्यकर्ताले चयन गर्छन् उ सभापति हुन्छ । हार्नेहरूको पराजय नै हो कि भन्ने मानसिकता देखिन्छ । यसलाई काँग्रेसले राम्ररी हेर्नुपर्छ । अहिलेको महाधिवेशनलाई पनि हार जितको रूपमा मात्र लिइयो भने देश दुर्घटनामा पर्न सक्छ । त्यसैले एक अर्कोको अस्थित्व स्वीकार गरेर जानुपर्छ ।’

त्यसैले आठौं महाधिवेशनका लागि ३० वर्ष कुर्नुपर्‍यो । झापामा सम्पन्न आठौँ महाधिवेशनबाट सभापतिमा कृष्णप्रसाद भट्टराई निर्विरोध निर्वाचित भए । नवौँ महाधिवेशनमा गिरिजाप्रसाद कोइराला, चिरञ्जीवी वाग्ले र रामहरी जोशीबीच प्रतिष्पर्धा भयो । दशौं महाधिवेशनमा कोइरालालाई शेरवहादुर देउवा र रामहरी जोशीले चुनौती दिए ।

एघारौं महाधिवेशनमा तेस्रो कार्यकालका लागि सभापतिमा उम्मेद्वारी दिएका गिरिजाप्रसाद कोइरालालाई नरहरी आचार्यले चुनौती दिए। यसबीच नेपाली काँग्रेस र प्रजातान्त्रिक काँग्रेसबीच एकीकरण भयो । बाह्रौं महाधिवशेनमा कार्यवाहक सभापति सुशील कोइराला, शेरबहादुर देउवा र भीमबहादुर तामाङ मैदानमा ओर्लिए ।

सभापतिमा लगातार दुई पटक पराजित देउवा तेह्रौं महाधिवेशनबाट काँग्रेसको सभापति बने । काँग्रेसको इतिहासमा नेतृत्वका लागि प्रतिष्पर्धा गर्ने १० नेता सभापति हुन हुन सकेनन् । तर पनि काँग्रेसको छैठौं अधिवेशन र सभापतिका पराजित गणेशमान सिंहको चर्चा आम काँग्रेसजनबीच सधैँ भइरहन्छ । न्‍यूज एजेन्‍सी नेपाल


Author

थप समाचार
x