दल

निर्णयसहित

कांग्रेस क्रियाशील सदस्‍यता: यसरी टुंग्‍याइयो धनुषा र कैलालीको विवाद

इकागज |
असोज ४, २०७८ सोमबार ९:२३ बजे

काठमाडौँ - नेपाली कांग्रेसले धनुषा र कैलाली जिल्लाको क्रियाशील सदस्‍यता विवाद मिलाएको छ । नेता कृष्णप्रसाद सिटौंला संयोजक रहेको समितिले असोज ३ मा दुई जिल्लाको विवादमा निर्णय गरेको हो । क्रियाशील विवाद समाधान समितिले दुई जिल्लाको विवाद टुंगोमा पुर्‍याउन ९ बुँदे निर्णय गरेको हो । निर्णय अनुसार धनुषा क्षेत्र नम्बर ४ र कैलाली क्षेत्र नम्बर १ विवाद टंग्‍याएको हो । 

निर्णयअनुसार धनुषा क्षेत्र नम्बर ४ मा रहेको बट्श्वेर नगरपालिका वडा नम्बर ५ र क्षिरेश्वर नगरपालिका वडा नम्बर १० मा नयाँ क्रियाशील सदस्यहरुले १४ औँ महाधिवेशनमा भाग लिन नपाउने भएका छन् । यी वडाहरूमा पुरानै क्रियाशील सदस्यहरूबाट अधिवेशन हुनेछ ।


समितिले गरेको निर्णय अनुसार धनुषा जिल्लाका लागि भएको निर्णय कार्यान्वयन गर्न केन्द्रीय सदस्यद्वय आनन्‍द ढुंगाना र जीवन परियारलाई जिम्मा दिइएको छ । यस्तै परियार र अर्का केन्द्रीय सदस्य योगेन्द्र चौधरीले कैलाली जिल्लाको विवाद समाधान गर्ने जिम्मेवारी पनि पाएका छन् ।

 


Author

थप समाचार
x