कांग्रेसको महाधिवेशन गर्न नेतृत्व तहबाट नै आलटाल भयोः डा. कोइराला
धादिङ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसको महाधिवेशन गर्न नेतृत्व तहबाट नै आलटाल भएको बताएका छन् । कोइरालाले पार्टीका नेतृत्वले अधिवेशनका लागि ५ पटक मिति सारिसक्दा पनि क्रियाशील सदस्यको विवाद टुङ्गाउन नसकेर महाधिवेशन गर्न आलटाल गरेकाे बताएका हुन् ।
प्रेस युनियन धादिङले आज (आइतबार) धादिङबेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले तोकिएको समयमा अधिवेशन भएन भने नेपाली कांग्रेसको अवस्था झन खराब हुने बताए । ‘उहाँहरुलाई लज्जा बोध छैन, नगर अधिवेशन नै सकिएको छैन’ उनले भने, ‘त्यसैले तोकिएकै समयमा निर्वाचनको छाटकाँट छैन, केही ठाउँमा क्रियाशील सदस्य विवादको बहानामा अधिवेशन रोक्न खोजिदैछ ।’
मंसिर महिनाभित्रै अधिवेशन हुन नसके यसको जिम्मेवारी सभापति र पदाधिकारीले लिनुपर्ने उनले बताए । ‘किन खुकुरी नचाएर अधिवेशन रोकिन्छ अधिवेशन गराएरै छोड्छौ, हुन्छ’ उनले भने, ‘विभिन्न बिकल्प प्रयोग गरेरै छोड्छौ होइन भने वैकल्पिक बाटो खोज्छौ । ’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया