दल

सुदूरपश्चिम प्रदेश सरकार अहिल्यै परिवर्तन हुँदैन : दाहाल

इकागज |
मंसिर ८, २०७८ बुधबार १०:४४ बजे

कैलाली - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सुदूरपश्चिम प्रदेश सरकार अहिल्यै परिवर्तन नहुने बताएका छन् । बुधबार बिहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै दाहालले प्रदेश सरकार तत्काल परिवर्तन नहुने बताएका हुन् ।

उनले वर्तमान सरकारलाई तदारुकताका साथ काम गर्न आग्रह गरेका छन् । यसैगरी, उनले एमसीसीको विषयमा सबैसँग सल्लाह गरेर अगाडि बढ्ने बताएका छन् । तीन तहको चुनाव एकसाथ गर्नु पर्ने दाहालको जोड छ । यसो गरेमा खर्च कम हुने उनले बताए । भजनी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन र पार्टीको कार्यक्रमका लागि अध्यक्ष दाहाल कैलाली आएका हुन्।



Author

थप समाचार
x