दल

एमाले १०औँ महाधिवेशन (LIVE)

इकागज |
मंसिर १०, २०७८ शुक्रबार १३:८ बजे

चितवन- नेकपा एमालेको १० औँ महाधिवेशन नारायणी नदी किनार चितवनमा सुरु भएको छ । सांस्कृतिक टोलीले शङ्ख धुन बजाएर महाधिवेशन शुरुवात भएको जनाउ दिएका छन् ।


एमालेविरुद्धका सबै प्रकारका आक्रमण र षड्यन्त्रको अन्त्यको प्रतिक भन्दै शङ्ख बजाएर महाधिवेशन सुरु गरेको जनाएको छ । १२७ भाषाभाषीकै सांस्कृतिक पहिचान झल्किने बाजा बजाइएका छन् । नारायणी नदी किनार देशैभरिबाट भेला भएका नेता कार्यकर्ताले भरिएको छ । नदी किनारमा डुङ्गा बोटिङ पनि चलाइएको छ । किनारबाट बोटिङ हेर्न रमिता लागेको छ ।


Author

थप समाचार
x