दल

काठमाडौँ जिल्ला अधिवेशन आज- बाँनिया र कार्कीबीच प्रतिस्पर्धा

इकागज |
मंसिर १२, २०७८ आइतबार ११:५९ बजे

काठमाडौँ - नेपाली कांग्रेस काठमाडौँको जिल्ला अधिवेशन आज हुने भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आज जिल्ला अधिवेशन हुन लागेको हो । पार्टीको निर्वाचन समितिले मंसिर १० गते जिल्ला अधिवेशन तोके पनि काठमाडौँमा भने आज हुन लागेको हो ।

निर्वाचन समितिले शनिबार नै मतदाता नावावली प्रकाशन गर्नुका साथै उम्मेदवारी दर्ता एवं उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको कांग्रेस काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले जानकारी दिए ।  काठमाडौँ कांग्रेसको सभापतिका लागि वर्तमान सभापति कृष्ण (सबुज) बानियाँ र क्षेत्र नं २ का सभापति उपेन्द्र कार्कीबीच समूहसहित प्रतिस्पर्धा हुने भएको छ ।


बाँनिया समूहको उपसभापतिमा राजकुमार नकर्मी र गोकर्ण केसी, सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनी र सहसचिवमा रोमेल श्रेष्ठ र प्राडा अमिता प्रधानले उम्मेदवारी दिएका छन् । 

 यस्तै कार्की समूहको उपसभापतिमा धर्मराज अर्याल र रामलाल श्रेष्ठ, सचिवमा कुमारराज सुवेदी र सागर रञ्जित र सहसचिवमा लक्ष्मण गौतम र सुस्मिता प्रधानले उम्मेदवारी दिएका छन् ।  


Author

थप समाचार
x