दल

एमालेको १० औँ महाधिवेशन

मतदान समय फेरि सर्‍यो, राती २ बजेदेखि सुरु हुने

उम्मेद्वारको अन्तिम नामावली प्रकाशित

इकागज |
मंसिर १३, २०७८ सोमबार २२:४७ बजे

चितवन - सौराहामा जारी एमालेको १० औँ महाधिवेशनको निर्वाचनका लागि मंगलबार बिहान २ बजेदेखि मात्रै मतदान हुने भएको छ । यसअघि ९ बजेदेखि मतदान हुने कार्यतालिका सार्वजनिक भएपनि ११ बजे सुरु हुने भनिएको थियो ।

तर निर्वाचन समितिले केहीबेरअघि सार्वजनिक गरेको नयाँ कार्यतालिका अनुसार राती २ बजेदेखि मात्रै मतदान सुरु हुने जनाएको हो । राती २ बजेदेखि बिहान ८ बजेसम्म मतदान हुने निर्वाचन समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


यस्तै उम्मेद्वारको अन्तिम नामावली अन्तिम नामावली केहीबेरअघि सार्वजनिक भएको छ । अन्तिम नामावली तयार भएपछि विद्युतीय भोटिङ मेसिन ईभीएमको प्रणालीमा अपडेट गरिनेछ । उम्मेदवारको नामावली ईभीएममा प्रविष्ट गर्न कम्तीमा ३ देखि ४ घण्टा लाग्ने एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । 

सहमतिका लागि उम्मेदवारी फिर्ता गराउन नेता जुटेका छन् । अध्यक्षमा केपी शर्मा ओली र डा भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ भने उपाध्यक्ष खुलातर्फ ६ पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन् । यसैगरी सचिवमा पनि सात जनाको पदमा नौ जनाको उम्मेदवारी परेको छ ।


 


Author

थप समाचार
x