दल

एमालेको १० औँ महाधिवेशन

एमालेको सौराहा महाधिवेशनमा मतदानको तयारी

इकागज |
मंसिर १४, २०७८ मंगलबार २:१ बजे

चितवन - १० औँ एमाले महाधिवेशनको चुनावका लागि सौराहामा मतदानको तयारी भएको छ । राती २ बजेदेखि मतदान सुरु हुने निर्वाचन कार्यतालिका अनुसार मतदानको तयारी भएको हो ।

मतदानका लागि राती २ बजे होटल सेभेन स्टारबाहिर प्रतिनिधिको लाइन लागेको छ । उनीहरुलाई गेटबाहिरै राखिएको छ । भित्र भने मतदानका लागि सबै उम्मेद्वारको नाम र सोही अनुसार मतदान गर्ने व्यवस्था मिलाइएको छ ।


एमालेको १० औँ महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिष्पर्धा छ । यस्तै ६ उपाध्यक्ष, ७ सचिव र ८४ खुला सदस्य लगायतका पदमा चुनाव हुन लागेको हो । वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव भने निर्विरोध निर्वाचित भइसकेका छन् ।


Author

थप समाचार
x