दल

एमालेको १० औँ महाधिवेशन

बिहान ४ बजे सुरु भयो एमालेको मतदान

इकागज |
मंसिर १४, २०७८ मंगलबार ४:२३ बजे

काठमाडौँ - एमालेको १० औँ महाधिवेशनको चुनावका लागि मंगलबार बिहान ४ बजेपछि मात्रै मतदान सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेर विद्युतीय मतदान सुरु गरेका थिए । 

त्यसपछि अरु एमाले महाधिवेशन प्रतिनिधिले मतदान गरेका छन् । अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली र भीम रावलले पनि मतदान गरेका छन् । एमालेले पहिलोपटक चुनावमा विद्युतीय मतदानको प्रयोग गरेको हो । 



Author

थप समाचार
x