दल

कांग्रेस सुदुरपश्चिम प्रदेश अधिवेशनको यस्तो छ कार्यतालिका

इकागज |
मंसिर १६, २०७८ बिहीबार १०:३५ बजे

कैलाली । नेपाली का‌ंग्रेस सुदूरपश्चिम प्रदेशको अधिवेशनको सम्पुर्ण तयारी पूरा भएको छ । आजदेखि सुरू हुने प्रदेश अधिवेशनको पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

प्रचारप्रसार समितिका संयोजक नृप सुनारले सम्पुर्ण तयारी पूरा भएको जानकारी दिए। उनले धनगढीमा बिहान साढे ८ बजेदेखि सहभागी दर्ताको तालिका रहेको बताउँदै दिउँसो २ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको बताए । उनले भोलि मनोनयन र पर्सी मतदान गर्ने तालिका रहेको बताए । 


सुदूरपश्चिमका नौ जिल्लामध्ये ७ जिल्लामा नेतृत्व चयन भइसकेको छ भने कैलाली र अछाममा जिल्ला अधिवेशन हुन सकेको छैन।

प्रदेश सभापतिमा नेपाली का‌ग्रेसबाट पूर्वसंघीय मन्त्री, राज्यमन्त्री, सुदूरपश्चिम प्रदेशसभा सदस्य, जिल्ला सभापतिहरु लगायत विद्यार्थी नेताहरुले आआफ्नो दाबी गरिसकेका छन्।

कैलाली जिल्ला सभापति नरनारायण शाह, पुर्व मन्त्री बिरबहादुर बलायर, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष पुष्प शाही, पूर्व परराष्ट्र राज्यमन्त्री तथा बझाङका का‌ग्रेस नेता अर्जुनजंगबहादुर सिँह, पूर्व सञ्चार राज्यमन्त्री तथा अछामका काँग्रेस नेता गोविन्दबहादुर शाह, सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्द बोहरा र कैलालीका हिमबहादुर रावलले प्रदेश सभापतिमा दाबेदारी पेश गरेका छन्। 

सुदूरपश्चिममा प्रदेश सभापतिसहित अछामका बलबहादुर कुँवर, अम्बिका चलाउने र कैलालीका उत्तम कठायतले प्रदेश महामन्त्रीमा दाबी गरेका छन्।

यस्तो छ,अधिवेशनको आजको कार्यतालिका
बिहान ८ः३०बजेः सहभागीको नाम दर्ता (अछाम, बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी, कन्चनपुर, दार्चुल्ला डोटी जिल्ला मात्र)
दिउँसो १२ः०० बजेः कैलाली जिल्लाका सहभागीको नाम दर्ता 
दिउँसो १ः३० बजेः उद्घाटन कार्यक्रम प्रारम्भ
दिउँसो २ः०० बजेः प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पार्टी सभापती शेर बहादुर देउवाद्धारा उद्घाटन


Author

थप समाचार
x