दल

कांग्रेस लुम्बिनी प्रदेशः

पुन र शाहबीच प्रतिस्पर्धा हुने, सिटौला पक्षको उम्मेदवार टुंगो लागेन

इकागज |
मंसिर १६, २०७८ बिहीबार १३:६ बजे

काठमाडौँ - कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अम्मरसिंह पुनले उम्मेदवारी दिने भएका छन् । संस्थापनइतर समूहको तर्फबाट पुनले उम्मेदवारी दिने भएका हुन् । 

पौडेल-कोइराला खेमाले पुनलाई संस्थापनइतरका तर्फबाट सर्वसम्मत उम्मेदवार बनाएको हो । पुनको प्यानलबाट उपसभापतिमा गुल्मीका भुवन श्रेष्ठ र रुपन्देहीका अष्ठभुजा पाठक, महामन्त्रीमा कपिलवस्तुका सुरेन्द्र आचार्य र विक्रम खनालले उम्मेदवारी दिने भएका छन् । 


अन्य पदाधिकारी र सदस्यको उम्मेदवारी भने टुंगो लाग्नै बाँकी रहेको स्रोतले बताएको छ । यता, सभापति शेरबहादुर देउवा प्यानलबाट रुपन्देहीका भरत शाह लुम्बिनी प्रदेशको सभापतिमा उम्मेदवार हुने भएका छन् । 

देउवा पक्षले अन्य पदाधिकारी र सदस्यको टुंगो आजै लाग्ने बताएको छ । यता, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको पक्षबाट को उम्मेदवार हुने तय भएको छैन् । सिटौला स्रोतका अनुसार आज साँझसम्म त्यस विषयमा टुंगो लाग्ने बताइएको छ । 


Author

थप समाचार
x