दल

इकागज सर्वेक्षण

४१ प्रतिशत महाधिवेशन प्रतिनिधिको देउवालाई समर्थन

सर्वेक्षण भन्छ- सभापतिको निर्वाचन दोस्रो चरणमा जान्छ

अनिष भट्टराई |
मंसिर २७, २०७८ सोमबार १२:३५ बजे

काठमाडौँ- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा आज बिहानैदेखि मतदानका लागि लामबद्ध भएर बसेका महाधिवेशन प्रतिनिधिहरूसँग इकागजले सभापतिमा समर्थनका सम्बन्धमा सर्वेक्षण गरेको छ । मतदान शुरु हुनु लगत्तै अघि आज बिहान एक सय जना महाधिवेशन प्रतिनिधिमा गरिएको सर्वेक्षणमा ४१ प्रतिशतले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेका छन् । 

देउवापछि सबैभन्दा धेरै समर्थन सभापतिका अर्का उम्मेद्वार शेखर कोइरालाले प्राप्त गरेका छन् । कोइरालालाई २४ प्रतिशतले समर्थन गरे । 


अधिकांशले सभापति पहिलो चरणको निर्वाचनमा टुंगो नलाग्ने बताएका छन् । सभापति चयनका लागि दोस्रो चरणमा मतदान हुनेमा महाधिवेशन प्रतिनिधिहरू विश्वस्त छन् । 

कोइरालापछि प्रकाशमान सिंहलाई १९ प्रतिशतले समर्थन गरेका छन् भने विमलेन्द्र निधिलाई १४ प्रतिशतले समर्थन गरेका छन् । त्यस्तै कल्याण गुरुङलाई २ प्रतिशतले समर्थन गरेका छन् । 
 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x