दल

एमाले लमजुङ अधिवेशन : बन्दसत्र व्यवस्थित बनाउन सात सदस्यीय अध्यक्ष मण्डल गठन

इकागज |
पुस २४, २०७८ शनिबार १४:४८ बजे

लमजुङ - नेकपा एमाले लमजुङको ८औँ अधिवेशनको बन्दसत्रमा सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । बन्दसत्रलाई मर्यादित, व्यवस्थित, अनुसाशित ढंगले संचालनको लागि अध्यक्ष मण्डल गठन गरिएको हो ।

शनिबार बिहानबाट सुरू भएको बन्दसत्रमा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीको संयोजकत्वमा अध्यक्ष मण्डल गठन गरिएको हो ।


अध्यक्ष मण्डल सदस्यहरूमा प्रदेश कमिटी सदस्य महेन्द्रलाल श्रेष्ठ, मोहनहरि पौडेल, सिंहबहादुर थापा, राजकुमार श्रेष्ठ, नन्दराम विश्वकर्मा र दीपा गुरुङ रहेका छन् । 
जिल्ला समन्वय समिति लमजुङको सभाहलमा शनिबार विहानबाट बन्दसत्र सुरु भएको छ ।


Author

थप समाचार
x