दल

लिपुलेकमाथि भारतले गरिरहेकाे दावाबारे वार्ता गर्न कांग्रेस उपसभापति गुरुङकाे माग

इकागज |
पुस २७, २०७८ मंगलबार ८:२० बजे

काठमाडाैं - नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भारतसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् । पृथ्वी जयन्तीका अवसरमा ट्वीट गरेका गुरुङले  भारतले लिपुलेकसम्म सडक बनाइरहेकाे विषयलाई 'भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमी लिपुलेकमाथि गरिरहेको दावा' भनेका छन् ।

यस विषयमा नेपाल सरकारले भारतीय सरकारलाई कुटनैतिक नोट पठाएर तुरुन्त वार्तासमेत गर्न जरुरी रहेकाे उपभापति गुरुङले सरकारसँग माग गरेका छन् । उनले लेखेका छन्, 'पृथ्वीनारायण शाहलाई सम्झौं। पृथ्वीनारायण शाहप्रति सम्मान गरौं। विदेशी अतिक्रमणबाट देशलाई जोगाऔँ ।'



Author

थप समाचार
x