दल

गगन र विश्वप्रकाशलाई सूर्य थापाको प्रश्‍न : यो के रमिता हो ?

इकागज |
माघ १, २०७८ शनिबार ८:५२ बजे

काठमाडौँ- भारतले लिपुलेकमा सडक विस्तारबारे कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले ‘लिपुलेक प्रकरण उपर नेपाली कांग्रेसको धारणा’ सार्वजनिक गरेपछि एमाले नेता सूर्य थापाले प्रश्‍न गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा मौन र परराष्ट्र मन्त्रालय बेखबर भएकाले उनीहरूको वक्तव्यबाजी रमिता भएको भन्‍दै एमाले नेता थापाले प्रश्‍न गरेका हुन् ।

'महामन्त्रीद्वयको वक्तव्य- प्रष्ट छौँ ! कुरा प्रष्टताको सार्वजनिकीकरण होइन, सरकारले समाधान गर्ने हो त' थापाले भनेका छन् 'यो सरकार कसको नेतृत्वको हो ? देउवा मौन, परराष्ट्र मन्त्रालय बेखबर, उहाँहरूको वक्तव्यबाजी ? यो के रमिता हो ?? प्रष्ट जवाफ देऊ ! ।'


महामन्त्रीद्वयले जारी गरेको पत्रमा भनिएको छ, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको भनेर केही दिनअघि एक कार्यक्रममा व्यक्त गर्नु भएको भनाइप्रति नेपाली कांग्रृेसको गम्भीर ध्यानाकर्षण भएको छ ।’ 

भारतले सडक विस्तार गरेको बारे कांग्रेसले आफ्नो धारणा ७ बुँदामा प्रस्तुत गरेको छ ।  कांग्रेसले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग भएको स्पष्ट उल्लेख गरेको छ । त्यस्तै नेपालको भोगाधिकार र यी भूगोगलमा काययम हुनुपर्ने कांग्रेसको स्पष्ट धारणा रहेको पनि भनिएको छ । कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने धारणा पनि थापाले जारी गरेको पत्रमा भनिएको छ । 

‘नेपाल भारत संयुक्त आयोगमा दुई देशबीचको सबै प्रश्नमा कुटनैतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको विषय गम्भीर छ, आपत्तिजनक छ र अबिलम्ब यो रोकिनुपर्छ’ थापा र शर्माले भनेका छन् ।  दुई देशबीच पुरानो र ऐतिहासिक सम्बन्ध रहेको भन्दै सीमा सम्बन्धी समस्या समाधान कुटनीतिक माध्यमबाट खोज्न कांग्रेसले भनेको छ ।


Author

थप समाचार
x