दल

ओली र नेपालतिर बाँडिएका रामेछापका दुई ढुङ्गेल

इकागज |
चैत ११, २०७७ बुधबार १३:३४ बजे

रामेछाप: नेकपा एमालेभित्र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कुनै पनि नेतासँग पार्टीको सदस्यका रूपमा मात्र व्यवहार गर्ने गुटका रूपमा नस्वीकार्ने बताएपनि संगठनका हरेक तहमा एमालेमा केपी ओली र माधव नेपाल गुट बनेका छन् । 

१५ वर्ष नेकपा एमालेको नेतृत्व (महासचिव) रहेका माधवकुमार नेपाल समूहलाई परास्त गर्न प्रधानमन्त्री समेत रहेका ओलीका समूहले युवा कार्यकर्ताहरूलाई छानेको छ । तल्लो तहसम्म गुटगत राजनीति कुन तहसम्म पुगेको छ भन्ने उदाहरण हुन्, रामेछापका दुईजना ढुङ्गेल । लामो समयदेखि रामेछापमा नेकपा एमालेको संगठनमा सक्रिय कैलाश ढुङ्गेल र विद्यार्थी संगठन अनेरास्ववियूको राजनीतिबाट उदाएका माधव ढुङ्गेल । ढुङ्गेल अनेरास्ववियूमा केन्द्रीय अध्यक्ष समेत भएका थिए । 


ढुङ्गेल २०७२ देखि राष्ट्रिय युवा परिषदका अध्यक्ष छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठमा पुनः चार वर्षका लागि अध्यक्षमा नियुक्त गरेका छन् । 

गुटको राजनीतिले दुई ढुङ्गेललाई समेत अलग पारेको छ । दुवैले पकडका आधारमा कार्यकर्तालाई आ–आफ्ना पक्षमा तानिरहेका छन् । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले एमाले अब एक बनाएर लैजानुपर्ने दायित्व सबै शीर्षस्थ नेताहरूको भएको बताउँछन् । उनको विचारमा अलिक बढी दायित्व पार्टी अध्यक्ष समेत रहेका केपी शर्मा ओलीको छ । 

‘हामी मिलाउनुपर्छ भनिरहेका छौं, सबै मिल्नेतिर अगाडि बढेको पनि हो,’ उनले भने, ‘एकातिरबाट च्यात्नैमात्र खोज्ने काम भएको छ तैपनि मिलेर जाने कसरतमा छौं ।’ 
एमाले एकढिक्का भएर जानेमा कुनै द्वुविधा नरहेको भन्दै उनले त्यसको विकल्प नभएको बताए । ‘यो अन्तहीन खेलमा अब पार्टीलाई लानु हुँदैन,’ उनले भने । 


Author

थप समाचार
x