दल

स्थानीय तह निर्वाचन

भरतपुरमा आज गठबन्धनको चुनावी सभा : देउवा, प्रचण्ड र नेपालले सम्बोधन गर्ने, शेखर नजाने

इकागज |
बैशाख २२, २०७९ बिहीबार ६:४० बजे

काठमाडौँ - सत्तारूढ गठबन्धनले आज चितवनको भरतपुरमा चुनावी सभा गर्ने भएको छ । 

सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूले सम्बोधन गर्ने भएका छन् । 


कांग्रेसका नेता डा. शेखर कोइराला चितवनको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रममा सहभागी नहुने भएका छन् । कोइरालाको सचिवालयले कोइराला विराटनगर रहेकाले चितवनको कार्यक्रममा सहभागी नहुने जनाएको छ ।

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनको साझा उम्मेदवार रेनु दाहाल छिन्। तर कांग्रेसका जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन्।
 


Author

थप समाचार
x