दल

२३९ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक, कुन दलले कति जिते ?

इकागज |
जेठ ३, २०७९ मंगलबार ७:१३ बजे

काठमाडौँ- स्थानीय तह निर्वाचनको परिणाम सार्वजनिक भइरहेको छ ।  मंगलबार बिहान ६ बजेसम्म २३९ पालिकाको नतिजा सार्वजनिक भएको छ ।

निर्वाचित हुनेमा नेपाली कांग्रेस पहिलो दल भएको छ । त्यस्तै नेकपा एमाले दोस्रो भएको छ भने नेकपा माओवादी केन्द्र तेस्रो भएको छ ।


कांग्रेसले १११ पालिकाको प्रमुख जितेको छ । एमालेले ६४ पालिका प्रमुख जितेको छ । त्यस्तै माओवादीले ५१ पालिका जितेको छ । एकीकृत समाजवादीले ४ र जनता समाजवादी पार्टीले २ स्थानमा जितेका छन् । 

त्यसैगरी राष्ट्रिय जनमोर्चाले २ पालिका र नेमकिपाले एक पालिका प्रमुख जितेको छ । त्यस्तै स्वतन्त्रले चार पालिका जितेका छन् ।

कांग्रेसले १०५ पालिकाको उपप्रमुख/उपाध्यक्ष जितेको छ । एमालेले ६४ र माओवादीले ४७ उपप्रमुख/उपाध्यक्ष जितेको छ । त्यस्तै एकीकृत समाजवादीले ९ र जसपाले ३ उपप्रमुख/उपाध्यक्ष जितेको छ ।


Author

थप समाचार
x