राजनीति

काठमाडौं महानगरपालिका–२७ मा कांग्रेसका खड्गी विजयी

इकागज |
जेठ ८, २०७९ आइतवार ०:५० बजे

काठमाडौं - काठमाडौं महानगरपालिकाको वडा नम्बर २७ मा नेपाली कांग्रेस जित हासिल गरेकाे छ । 

निर्वाचन आयोगका अनुसार २७ नम्बर वडामा कांग्रेस उम्मेदवार योगेश कुमार खड्गीले वडाध्यक्ष पदमा जित हासिल गरेका हुन् ।


खड्गीले १५४१ मत ल्याएर जित हासिल गरेकाे आयोगले जनाएकाे छ । उनले एमालेका चिनिया मान बज्राचार्यलाई पराजित गरेका हुन् ।

बज्राचार्यले १३०३ मत ल्याए । काठमाडौंमा अहिलेसम्म नतिजा आएकामध्ये ६ वटा वडा कांग्रेस र ६ वटै वडा एमालेले जितेको आयाेगले जनाएकाे छ ।


Author

थप समाचार
x