राजनीति

मूल्यवृद्धि विरुद्धको जुलुसमा झडप, सरकारी गाडी तोडफोड

इकागज |
असार ९, २०७९ बिहीबार १९:३१ बजे

काठमाडौँ- सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा निकालिएको जुलुसमा झडप भएको छ । नेकपा एमाले निकट युवा संघले बानेश्वरमा निकालेको जुलुसमा झडप भएको हो ।

युवा संघले राँके जुलुस निकालेको थियो । बानेश्वरको एभरेस्ट होटलबाट अगाडि बढेको जुलुसले सरकारी गाडीसमेत तोडफोड गरेको छ । नेपाल आयल निगमले प्रति लिटर पेट्रोलमा २१ रुपैयाँ मूल्य बढाएको थियो। डिजेलमा पनि प्रति लिटर २७ रुपैयाँ बढाइएको छ।
 



Author

थप समाचार
x