सप्तरीका पाँच स्थानीय तहले अझै गर्न सकेनन् गाउँ तथा नगरसभा
सप्तरी- सप्तरीका १८ मध्ये १३ स्थानीय तहले नगर तथा गाउँसभा सम्पन्न गरेको छ । उनीहरूले आर्थिक वर्ष २०७९-०८० को बजेट, नीति तथा कार्यक्रम पारित गर्दै शुक्रबार एकसाथ गाउँ नगर सभा सम्पन्न गरेका हुन् ।
तर, बाँकी पाँच स्थानीय तहले भने गाउँ नगर सभाको मितिसमेत तय गरेका छैनन् । यहाँको सप्तकोशी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका बोदेबर्साइन नगरपालिका, महादेवा गाउँपालिका र बलान विहुल गाउँपालिकाले गाउँसभा गर्न सकेको छैनन् । तयारी नपुगेकोले गाउँ तथा नगरसभा गर्न केही ढिलो हुने जनप्रतिनिधिहरूले बताएका छन् । यद्यपि, तीव्रताको साथ तयारी भइरहेको दाबी गरेका छन् ।
सरकारले १० असारभित्र गाउँ तथा नगरसभा सम्पन्न गरिसक्नु पर्ने सर्कुलर जारी गरे पनि यी स्थानीय तह असफल भएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया