राजनीति

उम्मेदवारी दिएपछि सांसदहरूको पद स्वत: सकिनेछ : प्रमुख आयुक्त थपलिया

इकागज |
साउन १९, २०७९ बिहीबार १७:१६ बजे

काठमाडौँ–सरकारले आगामी मंसिरमा घोषणा गरेको मितिमा चुनाव गराउन निर्वाचन आयोग सक्षम रहेको आयोगले जानकारी दिएको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत आयोगका प्रवक्ता शालिग्राम शर्मा पाैडेलले  यस्तो बताएका हुन् । ‘१०७ दिन आयोगलाई समय छ,’ उनले भने, ‘आयोग यो समयमा निर्वाचन गराउन पूर्ण सक्षम छ ।’
मतदाता नामावली संकलन भोलिबाट बन्द हुने र निर्वाचनका लागि राजनीतिक दल दर्ता तुरुन्त सुरु हुने समेत उनले बताए ।  

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सरकारको निर्णय आकस्मिक नभएको समेत बताए । ‘निर्वाचन घोषण आकस्मिक होइन,’ उनले भने, ‘अपेक्षित र नियमित काम थियो ।’ उनले स्थानीय निर्वाचनमा उठेका महत्वपूर्ण प्रश्नहरू संशोधन गरेर तयारी सुरु भइसकेको समेत बताए ।  


उम्मेदवारी दिएपछि सांसदहरूको पद स्वत सकिने

प्रमुख आयुक्त थपलियाले सांसदहरूले उम्मेदवारी दिएपछि उनीहरूको पद स्वतः सकिने बताए । ‘कार्यकालको व्याख्या आयोगले गर्ने होइन । सिफारिस पेश गर्दा कानुन अनुसार गरिएको हो,’ उनले भने, ‘ हामीले सबै उम्मेदवारलाई समान अवर र समान खेल मैदान दिन्छौँ । दशैँ पछि उम्मेदवारी दिनेगरी समय निर्धारण गरिँदैछ । उम्मेदवार दिएपछि उम्मेदवारको पद स्वत  सकिने छ ।’ 


Author

थप समाचार
x