राजनीति

पार्टीको गठबन्धन गर्ने निर्णय लिने अधिकार अध्यक्ष लिङ्देनलाई दिने राप्रपाको निर्णय

इकागज |
साउन ३०, २०७९ सोमबार १८:१६ बजे

फाइल तस्बिर

काठमाडौँ- राप्रपाले ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल र गठबन्धन गर्ने निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।

केन्द्रीय कार्य सम्पादन समितिको मंगलबार बसेको बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल र गठबन्धन गर्ने निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 


बैठकले लिङ्देनको अध्यक्षतामा निर्वाचन परिचालन समिति र संसदीय समिति गठन गरेको उनले बताए । 

साथै चुनावी घोषणापत्र बनाउन प्रा.डा. गीताभक्त जोशीको संयोजकत्वमा सगुन सुन्दर लावती, रमानन्द न्यौपाने, प्रा.जयन्तनाथ खनाल र हेमराज कार्की सदस्य रहेको मस्यौदा समिति गठन गरेको प्रवक्ता तथा प्रचार विमाग प्रमुख श्रेष्ठले बताए । 


Author

थप समाचार
x