राजनीति

बाबुराम र प्रचण्ड सहमतिनजिक, भट्टराईले भने- 'याे क्षण देश र जनताका लागि'

इकागज |
साउन ३१, २०७९ मंगलबार १७:३ बजे

काठमाडाैं । नेकपा माओवादी र नवगठित नेपाल समाजवादी पार्टी आउँदो निर्वाचनमा एउटै चिह्नबाट चुनाव लड्ने भएका छन् । आज शीर्ष नेताहरुबीचको भेटघाटमा सिट बाँडफाँटसहित हसिँया हथौडा चिन्हबाट चुनाव लड्ने सहमति भएको छ ।

माओवादी पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा भएको छलफलमा यस्तो सहमति जुटेको हो । यस्तो हुँदा बाबुराम भट्टराईले चुनाव लड्ने गोरखा २ बाट चुनाव लड्नेछन् । 
छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा समाजवादी पार्टीका अध्यक्षद्वय भट्टराई र महिन्द्र राय यादव सहभागी थिए । भेटपछि तस्वीर सार्वजनिक गर्दै बाबुराम भट्टराईले यो अविष्मरणीय क्षण देश र जनताका लागि भएको प्रतिक्रिया दिएका छन् ।



Author

थप समाचार
x