राजनीति

सिटौला उपस्थित नहुने

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै, सिट बाँडफाँटबारे छलफल हुने

इकागज |
भदौ ९, २०७९ बिहीबार ७:४७ बजे

फाइल तस्बिर

काठमाडौं - आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटको लागि सत्तारूढ गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । बैठक बिहान ९ बजेबाट सुरु हुने कार्यदलका सदस्य मिहलाल पूरीले जानकारी दिए। 

कार्यदलका संयोजक तथा नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला भने बैठकमा अनुपस्थित रहनेछन् । कोरोना भाइरसको संक्रमण भएका कारण उनी बैठकमा अनुपस्थित हुने भएका हुन् । 


कार्यदलको बैठक बालुवाटारमा पटक पटक बस्दै आएपनि सत्तारुढ दलहरुबीच सिट बाँडफाँटमा कुरा मिल्न सकेको छैन । 


Author

थप समाचार
x