राजनीति

ठूला आयोजनामा भएको ढिलाइ अब सह्य हुँदैन : प्रधानमन्त्री ओली

इकागज |
बैशाख २, २०७८ बिहीबार १७:१२ बजे

काठमाडौँ  : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनामा हुने ढिलासुस्तीलाई कदापी स्वीकार गर्न नसकिने बताएका छन् । काठमाडौँमा नापी विभागले गरेको मेरो कित्ता नामक अनलाइन प्रणालीको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले केहि आयोजनाहरु नियतबसनै ढिलाइ गरिएको देखिएको भन्दै ढिलासुस्तीलाई कदापी स्वीकार गर्न नसकिने बताएका हुन् । उनले माथिल्लो तामाकोशीमा पनि एक वर्षयता अस्वाभाविक ढिलाइ भइरहेको र विलम्ब सह्य नहुने बताए । 

ढिलासुस्ती गर्ने मान्छे को हुन् हेर्नुपर्ने समय आएको भन्दै उनले काममा ढिलासुस्ती, व्यवधान, अस्वाभाविक रुपमा ढिलासुस्ती गर्नेलाई देख्न नसक्ने बताए । त्यस्तै प्रधानमन्त्री ओलीले आफ्नो कडाइका कारण मेलम्ची काठमाडौं आएको दाबी गरे ।


उनले मुलुक असारण बिकासको बाटोमा अघि बढिरहेको तर्क गरे । प्रधानमन्त्री ओलीले मालपोत र नापीको काम डिजिटलाइज हुनु नापी प्रशासनमा असाधारण उपलब्धि भएको बताए ।  सरकारी कार्यालय डिजिटल बनाउँदै लगेको भन्दै उनले प्रविधिको विकासका साथै हस्तान्तरण पनि गरिने जानकारी दिए ।  


Author

थप समाचार
x