राजनीति

गृहमन्त्री थापाले लिए सपथ

इकागज |
बैशाख ५, २०७८ आइतबार १८:३१ बजे

काठमाडौँ  : गृहमन्त्री रामबहादुर थापाले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नेकपा माओवादी छोडेर नेकपा एमाले प्रवेश गरेका थापालाई माओवादीले कारबाही गरेपछि उनको राष्ट्रिय सभा सदस्य पद आइतबार खारेज भएको थियो । पद खारेज भएसँगै मन्त्रीबाट मुक्त भएका थिए ।

तर, आजै आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापालाई गृहमन्त्रीमा नियुक्त गरेकी थिइन् ।  थापाले संविधानको धारा ८० बमोजिम मन्त्री पदको सपथ लिएका हुन् ।  



Author

थप समाचार
x