राजनीति

एमाले मोरङका सचिव रुपेश खतिवडाद्वारा राजीनामा

बाबुराम भण्डारी |
असोज २२, २०७९ शनिबार १५:७ बजे

विराटनगर - नेकपा एमाले मोरङका सचिव रुपेश खतिवडाले राजीनामा दिएका छन् । मोरङको क्षेत्र नम्बर १ 'क' बाट प्रदेशसभा सदस्यका आकांक्षी समेत रहेका खतिवडाले शनिबार राजीनामा दिएको घोषणा गरेका हुन् । 

उनले राजीनामा गर्नुपर्ने मुख्य कारण उम्मेदवार सिफारिस, छनौट वा सर्वसम्मत गर्दा पार्टीको सिद्धान्त, विधी पद्धति र प्रक्रिया विपरित निश्चित व्यक्तिहरुको मात्रै प्रचार प्रसार हुने गरेको, आफुलाई पदीय जिम्मेवारी अनुसारको सूचना र निर्णयहरूमा संलग्न नगराई गैर राजनीतिक तरिकाले निर्णय भएको राजीनामा पत्रमा उल्लेख गरेका छन् । 


पार्टी अध्यक्ष ऋषिकेश पोखरेललाई सम्बोधन गरिएको राजीनामा पत्रमा खतिवडाले आफु गैरराजनीतिक कार्यको साक्षी किनारा भएर बस्न नैतिक रुपमा नमिल्ने र पार्टी कार्यकर्ता र पार्टी सदस्यहरुको निष्ठा र भावना विपरित नजाने भन्दै सचिव पदबाट राजीनामा दिएको बताएका छन् ।

मोरङ क्षेत्र नम्बर १ को 'क' मा एमालेले उमाकान्त गौतमलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै प्रदेशसभा 'ख' मा पुर्व जिविस सभापति रहेका खड्ग बहादुर बस्नेत र प्रतिनिधिसभातर्फ घनश्याम खतिवडा उम्मेदवार बनाइएका छन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x