राजनीति

एमाले मकवानपुर पार्टी कार्यालयमा ताला

इकागज |
असोज २३, २०७९ आइतबार ११:१७ बजे

मकवानपुर - आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा राप्रपा नेपालसँगको गठबन्धन गरेकोप्रति असन्तुष्ट पक्षले नेकपा एमाले जिल्ला पार्टी कार्यालय मकवानपुरमा ताला लगाएका छन् । मकवानपुरको क्षेत्र न १ मा रामेश्वर रानालाई उम्मेदवार घोषणा गरीएको केही समयमै उनको टिकट खोसेर राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उमेदवार बनाएकोप्रति असन्तुष्ट कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएका हुन् ।

पार्टी केन्द्रीय कमिटीले जिल्लाको राजनीतिक अवस्था नबुझेको र पार्टीप्रतिको लगानीलाई बेवास्ता गरेको भन्दै आक्रोशित कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएको हो । केन्द्रको निर्णयविरुद्ध जिल्ला नेतृत्व चुपचाप रहेको भन्दै आफूहरूले ताला लगाएको आन्दोलित पक्षले जनाएको छ ।



Author

थप समाचार
x