राजनीति

सत्तारूढ गठबन्धनले बागी उम्मेदवारलाई निष्तेज पार्न प्रयास गर्ने

इकागज |
कात्तिक २६, २०७९ शनिबार १७:२९ बजे

काठमाडौँ- सत्तारूढ गठबन्धनले प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा उठेका बागी उम्मेदवारहरूलाई निष्तेज पार्न अधिकतम प्रयास गर्ने भएको छ ।

शनिबार सानेपास्थित नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा बसेको सत्तारूढ गठबन्धनको केन्द्रीय निर्वाचन परिचालन समितिको सचिवालय बैठकले सो निर्णय गरेको हो । सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूका कुनै पनि उम्मेदवार पराजित हुन नदिनका लागि बागी उम्मेदवारहरूलाई निष्क्रिय बनाउन अधिकतम प्रयास गर्ने निर्णय लिइएको सो निर्वाचन परिचालन समितिका सदस्य डा. सुरेश आचार्यले बताए ।


बैठकले बागी उम्मेदवारहरूलाई निष्तेज पार्ने काममा ध्यान दिन गठबन्धन दलका शीर्ष नेताहरूलाई पुनः ध्यानाकर्षण समेत गराएको छ । बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै समितिका सदस्य आचार्यले भने, ‘जहाँ गठबन्धनको विरुद्ध गठबन्धनको उम्मेदवारी छ । त्यसलाई निष्क्रिय गराउनका लागि अधिकतम प्रयास गर्ने निर्णय गरिएको छ । र, त्यसका लागि आवश्यकताअनुसार हरेक दलका पार्टीको नेतृत्वलाई आ–आफ्नो तर्फबाट आग्रह गर्ने निर्णय भएको छ ।’

बैठकमा एमाले नेतृत्वको गठबन्धनले चुनावी आचारसंहिता उल्लंघन गरिरहेको आरोप लगाउँदै निर्वाचन आयोगलाई त्यसबारे सचेत गराउने निर्णय पनि गरेको नेकपा (एकीकृत समाजवादी)का नेता लक्ष्मण केसीले बताए ।


Author

थप समाचार
x