राजनीति

डिनर चल्‍दाचल्दै ओलीले अडान नछाडेपछि काम गर्न सक्‍दिन भन्‍दै नमस्कार गरेर हिँडे वामदेव

इकागज |
बैशाख १०, २०७८ शुक्रबार ७:८ बजे

काठमाडौँ : नेकपा एमाले फुट नजिक पुगेको बेला प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले टाढिएका नेताहरूसँग भेटघाट गर्न थालेका छन् । बिहीबार दिउँसो नेता माधवकुमार नेपालसँग छलफल गरेका ओलीले साँझ वामदेव गौतमसँग डिनर गरे । 

एमाले एकताको अभियान चलाइरहेका गौतमलाई ओलीले प्रधानमन्त्री निवास बालुवाटार नै बोलाएर डिनर दिएका हुन् । ओली र गौतमको डिनर मिटिङमा कानूनमन्त्री लीलानाथ श्रेष्ठ र एमाले प्रमुख सचेतक विशाल भट्टराई पनि सहभागी थिए ।


'ओलीले पार्टी काममा आफुसँग फर्कन अनुरोध गर्नु भयो । मैले गत फागुन २८ गते तपाईंले गर्नु भएको अवैधानिक मिटिङका निर्णय फिर्ता लिन अनुरोध गरेँ' गौतमले भने 'उहाँले ति फिर्ता हुँदैनन् भन्‍नुभयो । त्यसो भए म तपाईसँग आउन पनि सक्दैन भनेर जवाफ दिएँ । डिनर चल्दै थियो नमस्कार गरेर म विदा भएँ ।'

प्रमुख सचेतक भट्टराईले फेसबुकमा लेखेका छन् 'प्रधानमन्त्री वामदेव भेटघाट : कमरेड वामदेव गौतमलाई मैले सोधें 'तपाईंहरू बीचको सम्वाद सकारात्मक-नकारात्मक जे जस्तो भए पनि तस्बिर सार्वजनिक गर्छु है कमरेड ?'
सम्माननीय प्रधानमन्त्रीज्यूको निवास वालुवाटारमा  प्रसंगको सम्वादपछि उहाँले भन्‍नुभो 'केपी ओली देशको प्रधानमन्त्री हो, नेकपा (एमाले) को अध्यक्ष हो तर उहाँसँगको मेरो सम्बन्ध पदका कारणले बनेको हैन जमानादेखिको हो र  अटुट रहिरहनेछ ।अब कमरेड वामदेव गौतमले के गर्नुहोला भन्‍ने आम जिज्ञासाको जवाफ यसैमा खोज्‍ने त होला नि !'


Author

थप समाचार
x