राजनीति

गृहमन्त्री खाणले दिए दीपक बोहोरालाई बधाई

इकागज |
मंसिर १०, २०७९ शनिबार २०:२४ बजे

रुपन्देही- गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित राप्रपा नेता दीपक बोहोरालाई बधाई दिएका छन् । गृहमन्त्री खाणले बोहोरालाई टेलिफोनमार्फत् बधाई दिएका हुन् । 

उनले बोहोरालाई सफल कार्यकालको शुभकामनासमेत दिएका छन् । बोहोराले खाणलाई दुई हजार ६८१ मतान्तरले पराजित गरेका थिए । 


बोहोराले ३६ हजार ७१७ मत प्राप्त गर्दा खाणले ३४ हजार ३६ मत प्राप्त गरेका छन् ।


Author

थप समाचार
x