राजनीति

निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण

इकागज |
मंसिर १२, २०७९ सोमबार १४:५७ बजे

मकवानपुर- मुख्य निर्वाचन कार्यालय मकवानपुरले प्रतिनिधि सभा र प्रदेश सभातर्फ निर्वाचित भएका सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको छ । 

मकवानपुर जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित भएका सांसदहरूलाई आज निर्वाचन परिणाम घोषणा गर्दै प्रमाणपत्र वितरण गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा विजयी भएकाहरूलाई प्रमाणपत्र वितरण गरिएको हो ।


मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले विजयी भएका संघीय सांसद र प्रदेश सभाका सदस्यहरूलाई बधाई ज्ञापन गर्दै प्रमाणपत्र वितरण गरे ।

मकवानपुरको निर्वाचन अधिकृतको कार्यालयले जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा विजयी राप्रपाका नेता दिपकबहादुर सिंह, मकवानपुर क्षेत्र नम्बर–२ मा विजयी नेकपा एमालेका बागमती प्रदेशका उपसचिव महेश कुमार बर्तौलालाई विजयी भएको आधिकारिक घोषणा गर्दै आजै प्रमाणपत्र वितरण गरेको हो ।

त्यसैगरी क्षेत्र नम्बर–१ को प्रदेश सभा १ मा विजयी माओवादी केन्द्रका नेता प्रेमबहादुर पुलामी, क्षेत्र नम्बर १ को २ मा निर्वाचित एमालेका मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठ, क्षेत्र नम्बर–२ को प्रदेश सभा १ मा निर्वाचित माओवादीका नेता कुमारी मोक्तान, क्षेत्र नम्बर–२ को २ मा निर्वाचित कांग्रेस नेता इन्द्रबहादुर बानियाँलाई प्रमाणपत्र वितरण गरिएको हो ।

मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सरकारका प्रमुख सचिव मुकुन्द निरौला, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेलगायतको उपस्थिति रहेको थियो ।


Author

थप समाचार
x