राजनीति

धनुषा ४ (२) मा एमालेका हरिनारायण महतो विजयी

इकागज |
मंसिर १३, २०७९ मंगलबार १३:१५ बजे

धनुषा-धनुषा निर्वाचन क्षेत्र नं ४ (२) मा नेकपा (एमाले)का हरिनारायण महतो विजयी भएका छन् । नेकपा (समाजवादी)का शत्रुधन महतोलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा हरिनारायण विजयी भएका हुन् । विसं २०६४ देखिका सबै निर्वाचन जित्दै आएका शत्रुधन यसपटक भने पराजित भए ।    

हरिनारायणले १७ हजार तीन सय दुई मत प्राप्त गर्दा शत्रुधनले १५ हजार नौ सय छ मत प्राप्त गरे ।।मतगणनाको सुरु देखि नै अग्रता बनाएका हरिनारायण एक हजार ३४२ मतान्तरले विजयी भएका हुन् ।     



Author

थप समाचार
x