राजनीति

उदयपुर-१ मा कांग्रेसका नारायण खड्का विजयी

इकागज |
मंसिर १३, २०७९ मंगलबार २३:३ बजे

काठमाडौं- उदयपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार डा. नारायण खड्का विजयी भएका छन् । परराष्ट्रमन्त्री समेत रहेका खड्का ३१ हजार २७० मतसहित विजयी भएका हुन् ।

खड्काले नेकपा एमालेकी मञ्जु चौधरीलाई पराजित गरेका हुन् । चौधरीले २८ हजार ८९१ मत पाएकी छिन् ।


उनीहरूबीच २३७९ मतकाे अन्तर रहेकाे छ ।

राप्रपाका धुर्वकुमार रायमाझीले ३९१५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उध्दव अधिकारीले ३४०८ मत पाएका छन् ।


Author

थप समाचार
x