राजनीति

सिके राउतले भेटे प्रचण्ड

इकागज |
मंसिर १५, २०७९ बिहीबार २०:५० बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले भेट गरेका छन् ।

प्रचण्डको निजी सचिवालयका अनुसार खुमलटार पुगेर राउतले प्रचण्डलाई भेटेका हुन् ।


भेटका क्रममा दुई जनाबीच बधाई तथा शुभकामना आदान-प्रदान समेत भएकाे छ । 

यसअघि राउतले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेका छन् । भेटका क्रममा उनले नागरिकताकाे विषयमा चर्चा गरेका थिए ।  


Author

थप समाचार
x